२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लिङ्देन सोध्छन्- नेपाल देश नभएको भए केपी ओली कुन देशको प्रधानमन्त्री बन्नुहुन्थ्यो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल देश राजा पृथ्वीनारायण शाहका कारण भएको बताएका छन्।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

'यो नेपाल देश पृथ्वीनारायण शाहका कारण छ। उहाँ नभइदिएको भए आज हामी कहाँ हुन्थ्यौँ होला। रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति बन्नुहुन्थ्यो होला, केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री बन्नुहुन्थ्यो होला,' उनले भने।

तर, आज भने उनीहरूलाई नै 'हामी प्रधानमन्त्री बनाउँछौँ, राष्ट्रपति बनाउँछौँ, पृथ्वी जयन्तीचाहिँ मनाउँ है' भनेर भन्नुपरेको उनले सुनाए। 'जयन्तीचाहिँ मनाउँ है भनेर सौदाबाजी गर्नुपरेको छ। अवस्था दुखद् छ,' उनले भने।

प्रकाशित: २५ पुस २०८१ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App