एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले पृथ्वीनारायण शाहलाई सम्झिएका छन् । बिहीबार नेपाल प्राज्ञिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावललाई देशका सर्जकलाई अवमूल्यन गर्न नसकिने भन्दै पृथ्वी नारायणलाई सम्झिएका छन् ।
‘कतिपय मान्छे भन्छन्, पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेका होइनन्,’ रावलले भने, ‘जुन युगमा पृथ्वीनारायण जन्मिनुभयो। त्यो युगमा आजका मार्क्सवाद र प्रजातान्त्रिक समाजवाद खोज्नेहरूले यदि त्यो युगमा त्यो खोजेछन् भने म मूर्ख त कसरी भनु ? म तिनीहरूमा चिन्तनको कति दरिद्रता छ भनेर भन्न बाध्य हुन्छु ।’ देश निर्मातालाई बिर्सँदा देशको अस्तित्व नरहने पनि रावलले बताए ।
‘हामी सबैलाई थाहा छ त्यो तरबारको युग थियो । शक्तिको युग थियो । निरन्तर तरबार र शक्तिले भूमि बिस्तारको लडाइँ लड्थ्यो,’ रावलले भने ।
प्रकाशित: २५ पुस २०८१ १३:५१ बिहीबार