२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पाण्डेसँग विमस्टेक महासचिवको भेट, भिसा सहजीकरण र पर्यटन प्रवर्द्धनमा जोड

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन् । महासचिव पाण्डे नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमै पुगेर भेट गरेको हो ।  

भेटमा विमस्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटहरुमा पर्यटन पूर्वाधारको विकास लगायतका विषयमा छलफल भएको थियो ।  

साथै भेटमा मन्त्री पाण्डेले विमस्टेक टुरिजम फण्डलाई वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरेका थिए । उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउने, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन विमस्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आवद्धता तथा आपसी आदान प्रदान लगायका विषयमा जोड दिएका थिए ।  

मन्त्री पाण्डेले दक्षिण एशियाली सहयोग संगठन (सार्क) सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै विमस्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन आग्रह गरे ।  

भेटमा मन्त्री पाण्डेले विमस्टेक सचिवालयको नेतृत्वको सफल र प्रगतिशील रहोस् भन्दै शुभकामना व्यक्त गर्दै राजनीतिक तह र मन्त्रालयगत तहबाट हुने द्विपक्षीय भेटवार्ताले सम्बन्ध मजबुद हुने विश्वास समेत व्यक्त गरे ।  

विमस्टेक महासचिव इन्द्रमणि पाण्डेले विमस्टेकको महत्वपूर्ण एजेण्डा कनेक्टीभिटी भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहेन प्रतिवद्धता व्यक्त गरे । उनले विमस्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटन लगायतका सम्भावित क्षेत्रको बारेमा संस्थागत रुपमा कुरा उठाउने समेत विश्वास व्यक्त गरे ।

प्रकाशित: २४ पुस २०८१ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App