२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

कागजपत्र नभएका ५७ वटा अटो नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रण अटोहरू। तस्बिर; नागरिक

ट्राफिक प्रहरीले सुर्खेतमा चेकजाँचका क्रममा कागजपत्र नभएका ५७ वटा अटोहरू नियन्त्रणमा लिएको छ। लाइसेन्स नभएका, ब्लुबुक नभएको, रिन्यु नभएको र रोड पर्मिट नभएर चलाएका अटोलाई जिल्ला ट्राफिक प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

सुर्खेतको विभिन्न स्थानमा भएको चेकजाँचका क्रममा काजगपत्र नभएर चलाइएका अटो प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको छ। यस्ता तीन पाग्रे अटोहरू दुर्घटनाको जोखिममा रहेका छन्। काजगपत्रविहीन तरिकाले चलाउँदा यात्रुहरू दुर्घटनापछि थप जोखिममा पर्ने गर्दछन्। ट्राफिक प्रहरीले वीरेन्द्रनगरमा चल्ने अटोहरूलाई पहिलो चरणमा चेकजाँच गरे पनि अब सुर्खेतभर गरिने जनाएको छ।

यसअघि १८ वटा अटोलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरीले पठाएको थियो। एकै दिन कागजपत्रबिनै चलाइएका ५७ अटो नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए। ‘अटोमाथि निगरानी जिल्लाभर बढ्ने छ,’ प्रहरी निरीक्षक सुनारले भने।

प्रकाशित: २६ पुस २०८१ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App