नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहालले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन्।
आइतबार सुरु भएर मङ्गलबार सकिएको बैठकमा आफ्नो प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
'केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा बन्यो,' उनले भने।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए।
बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनले स्पष्ट पारे।
प्रकाशित: २३ पुस २०८१ १७:३९ मंगलबार