२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुकुल भन्छन्- रवि दाइले मैले भनेको सुनेको भए स्थिति फरक हुन्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको सुनेको भए आज स्थिति फरक हुने दाबी गरेका छन्।

सोमबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा उनले लेखेका छन्, 'कास, रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो।'

अगाडि उनले भनेका छन्, "मैले भनेको थिएँ- जीबी राईसँगको तपाईंको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ। यहाँ कागजले समस्या पारेको छ। तर, रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन।'

यस्तै उनले हिरासतमा आफूले भेट्न खोजेको तर, नदिइएको बताएका छन्। 'हिरासतमा परेपछि पनि मैले रवि दाइलाई भेट्न खोजेँ। कानुनी पाटोमा सहयोग गर्न पनि खोजेँ। तर, रवि दाइलाई घेरा हालिसकेका रहेछन्। भेट्न पनि दिएनन्,' उनले भनेका छन्।

प्रकाशित: २२ पुस २०८१ १९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App