प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आफूले जितेको पालिकाहरूमा समाजवादी मोडेलको अभ्यास गर्ने भएको छ।
आइतबार (आज) बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यसबारे प्रारम्भिक प्रस्ताव गरेका छन्।
यसमाथि छलफल हुनुपर्ने र यथाशक्य अभ्यास पनि हुनुपर्ने अध्यक्ष दाहालले बताएका छन्।
उनले आज प्रारम्भिक प्रस्ताव पेस गर्दै भनेका छन्, 'माघ मसान्तभित्र पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम गर्ने। त्यसमा अधिकतम समाजवादमा कसरी जान सकिन्छ भन्नेबारे छलफल र प्रशिक्षण गर्ने। र, सम्भव भएसम्म आफूले जितेको पालिकाहरूमा समाजवादको अभ्यास थाल्ने।'
यो पनि पढ्नुहोस्
दाहालका प्रारम्भिक सात प्रस्ताव, जसमाथि हुँदैछ छलफल
प्रकाशित: २१ पुस २०८१ २०:५५ आइतबार