पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आफूलाई २४ क्यारेटको शुद्ध कम्युनिष्ट प्रमाणित गर्नका लागि न्वारनदेखिको बल निकाल्ने टिप्पणी गरेका छन्।
आइतबार (आज) बाट सुरु भएको एमाले र माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रारम्भिक विवेचना गर्दै भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
आइतबार साँझ भट्टराईले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, 'उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौबीस क्यारेटको शुद्ध कम्युनिष्ट प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन् ।'
उनले थपेका छन्, 'दुबै ठूला नेताका बफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् ।'
यस्तो छ बाबुरामको पोस्ट-
नेपालका करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुई ठूला पार्टीहरू एमाले र माकेको केन्द्रीय समितिको बैठक एकै दिन ९पौष २१० सुरू हुनु आकस्मिकता मात्र हुनसक्छ। बैठकको दस्तावेज र निर्णयहरू बाहिर आएपछि मात्रै उनीहरूबीचको समानतारअसमानता र उनीहरूको आगामी दिशा बढी प्रष्ट हुनेछ।
तैपनि उनीहरूको विगत र प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छस्
– उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफुलाई चौवीस क्यारेटको शुद्ध ‘कम्युनिष्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन् ।
– दुवै ठूला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् ।
– दुवैका बैठकमा तीस वर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भएरु संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छरु
किन सत्तामा पुगेपछि आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् रु आदि गम्भीर प्रश्नहरूबारे खासै वहस छलफल हुने छैन।
त्यसैले हाम्रो विनम्र सुझाव छ-
– नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक(सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासनप्रणाली आदिको सन्दर्भमा हिजो पूँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य, नीति, कार्यक्रम, संगठन, नेतृत्व, शैलीबाट पूरा गर्न सम्भव छैन। बेलैमा आफूलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। चीनलगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।
– अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव(उदारवादी पूँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता बीच चरम आर्थिक(सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिका, एआईको संशय आदिले संसारले नयाँ उत्तर(पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पूँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर(पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली बीच तालमेल मिलाएर हिँड्नुपर्ने अत्यन्त चुनौतीपूर्ण अवस्थामा छ।
– विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यस बारे सबै दलका बैठक, भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मञ्चहरूमा बहस होस्। शुभकामना!
प्रकाशित: २१ पुस २०८१ १९:०२ आइतबार