२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पको धक्का: काठमाडौंमा एक जना छतबाट हाम फाले, बारामा ११ जना विद्यार्थी बेहोस

मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।

दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए।

यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको अधिकारीले बताए।

त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरु बेहोस भएका छन्। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको उनले बताए।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। 

प्रकाशित: २३ पुस २०८१ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App