प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी छ। आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा केन्द्रिय कमिटीको बैठक शुरु भएको हो।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन्। यसअघि पुन पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।
केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठिनक प्रतिवेदन प्रस्तुत गर्ने छन् । पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षकमा छलफल हुनेछ । बैठकमा अध्यक्ष दाहालले आफ्ना समसामयिक राजनीतिक विषयहरु राखेपछि प्रदेश प्रमुखहरुले प्रदेशको बिफ्रिङ गर्नेछन्।
प्रकाशित: २१ पुस २०८१ १४:३१ आइतबार