२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रकाशमान भन्छन्: कांग्रेस-एमाले गठबन्धनको विकल्प छैन, चुनावसम्मै जान्छ

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहित गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई दल बिचको यो गठबन्धन सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म कायम रहने पनि उनले बताए । 

उप प्रधानमन्त्री सिंहले सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गरे । ‘सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने । आउने निर्वाचनमा कांग्रेस र एमालेबिच नै प्रतिस्पर्धा हुने कुरा पनि दुवै पार्टीलाई थाहा भएको उनले बताए ।

‘परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ,झ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’ 

यस्तै संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको उपप्रधानमन्त्री सिंहले बताए । जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो । 

प्रकाशित: २१ पुस २०८१ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App