राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानमा आवश्यक संशोधनको बारेमा सुझाव दिन 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ।
केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको हो।
यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने बताइएको छ।
कार्यदलमा कान्ति शिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
साथै यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने छन्।
प्रकाशित: २१ पुस २०८१ १२:२९ आइतबार