नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज आइतबार च्यासलमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसपटक प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था गरिएको छ, जहाँ प्रत्येकलाई करिब तीन मिनेट समय दिइनेछ।
बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन्। प्रतिवेदनमा आगामी कार्ययोजना, सङ्गठन सुदृढीकरण, सरकार गठन, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समावेश छन्। बैठक दुई दिनभित्र सक्ने तयारी छ।
यसअघि पुस १८ गते सचिवालय बैठकले यो प्रतिवेदन पारित गरेको थियो। ओली नेतृत्वमा सरकार गठनपछिको पहिलो केन्द्रीय समिति बैठकले संविधान संशोधनलगायतका मुद्दामा धारणा तय गर्नेछ।
प्रकाशित: २१ पुस २०८१ ०६:५३ आइतबार