२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

जनताको आकाङ्क्षा यो सरकारले नै पूरा गर्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा निर्मित  व्यावसायिक भवनको शनिवार उद्घाटन कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री सिंहले जनताका आवश्यकता र आकाङ्क्षा वर्तमान सरकारले नै पूरा गर्ने बताएका हुन् ।

‘यो  सरकार दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य दल समेत मिलेर बनेकोले यही सरकारले विकास निर्माणको कामलाई दिगो ढङ्गले अघि बढाइरहेको छ,’ उनले भने, ‘हामी प्रसासरत छौँ, नभए आगामी बजेटमा भए पनि स्थानीय तहबाट आउने मागलाई सम्बोधन गर्छौँ ।’

उपप्रधानमन्त्री सिंहले हरिपुर नगरपालिकाको आर्थिक समृद्धिमा नवनिर्मित भवन महत्त्वपूर्ण हुने बताउँदै नवनिर्मित भवनको सञ्चालन, व्यवस्थापन र संरक्षणमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिए ।

प्रकाशित: २० पुस २०८१ १८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App