२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

महाधिवेशन आगामी मंसिरमा

कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । २०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ ।  

अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा फर्किएका थिए । उतिबेला आफूलाई दरबार(पूर्व राजसंस्थाका सदस्य)ले हराएको भन्दै आलोचनामा उत्रिएका थिए। केही समय अब राजतन्त्र नफर्किने समेत भन्न थालेका थिए । पछिल्ला वर्षहरूमा भने उनी राजतन्त्रका पक्षमा नरम सुनिदै आएका छन् । 

प्रकाशित: २० पुस २०८१ १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App