नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले हतार र हतास दुबै नगर्न आग्रह गरेकी छन्।
बिहीबार (आज) साँझ आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा उनले भनेकी छन्, 'बजार हल्लाभन्दा पर छ वास्तविकता। हतार र हतास दुबै नगरौँ, नबनौँ।'
एकीकृत समाजवादीकी पूर्वसचिव रामकुमारी पछिल्लो पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा जयन्ती देवी राईसँग पराजित भइन्।
पार्टीले उनलाई विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी दिएको छ।
प्रकाशित: १८ पुस २०८१ २०:३७ बिहीबार