२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रकाशमान सिंहको प्रश्न : कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएको छ ?

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटार्ने हिसाबले मात्रै पार्टी नचल्ने बताएका छन् ।  

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले बिहीबार आयोजना गरेको सय दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्तरिक गतिविधि झाराटार्ने किसिमले गरेर नहुने बताए । पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए। 

पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उपप्रधान तथा शहरी विकास मन्त्री पनि रहेका नेता सिंहले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताउनुभयो । मुलुकको स्थायीत्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहको जोड थियो ।  

कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य संख्या भएर नहुने भन्दै पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने सुझाव दिए । 'पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो । गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन । झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन । सिरियस्ली लाग्नुपर्यो हामीसबै,' उनले भने ।  

ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे ।  

'पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो । राजनीतिक स्थीरता दिन्छौं भनेर बनेको कांग्रेस( एमालेको सरकार बनेपछि तपाईहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ ?' उपप्रधानमन्त्री सिंहले भने ।

सरकार विधिको शासनमा प्रतिवद्ध रहेको भन्दै बद्मासी गर्नेमाथि विधिअनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने पनि बताए ।  

सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायत विकासतर्फ अघि बढ्नुपर्ने बताए ।

प्रकाशित: १८ पुस २०८१ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App