१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

कोशीका कृषि मन्त्रीको सय दिनः सहकारी व्यवस्थापनदेखि खोरेत नियन्त्रण अभियानसम्म

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । हाङ्गामले सार्वजनिक गरेको उपलब्धीमा अधिकांश नीतिगत निर्णय भएको उल्लेख छ ।

आफूले मन्त्रीको कार्यभार सम्हालेको एक सय दिनको अवधि धेरै लामो नभएकाले यो अवधिमा नीतिगत निर्णयहरू गरेर आगामि दिनका लागि काम गर्ने बाटो निर्माण गरेको मन्त्री हाङगामले बताए ।

एक सय दिनको अवधिमा मूख्यगरी सहकारीलाई व्यवस्थित गर्दै नियमनलाई सहज बनाउन सहकारी संस्थामा सहकारी संस्थामा  एप्लिकेशन सफ्टवयर प्रयोग सम्बन्धी कार्यविधी स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । हालसम्म १७ वटा कम्पनी सूचिकृत भई १ हजार ३ सय वटा सहकारीहरूले सफ्टवयरको प्रयोगसमेत सुरू गरिएको उनले बताए ।

यस्तै संकटउन्मुख सहकारी संस्थालाई संकटग्रस्त सहकारी घोषणा गरी बचतकर्ताको बचत सुरक्षित गर्न संकटग्रस्थ सहकारी संस्थाको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

यस्तै खोरेत रोग नियन्त्रणका लागि इलाम जिल्लाबाट खोरेत मुक्त अभियान सञ्चालन गरेको बताए । हाल इलामको १० वटा स्थानीय तहहरूलाई खोरेत मुक्त पार्न जोनिङसहित खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । पहाडी क्षेत्रका काष्ठफल तथा फलफुल विकास आयोजना अन्तर्गत प्रदेशका ४ वटा जिल्लाका १४ वटा स्थानीय तहमा फलफुल बगैंचा व्यवस्थापन कार्यक्रम सुरू गरिएको मन्त्री हाङगामले जानकारी दिए ।

कृषिकर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि २०८१ को मस्यौदा स्वीकृतको क्रममा रहेको, प्रदेश वीउ बिजन सम्बनधी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नेक्रममा रहेको, प्रदेश जिवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने क्रममा रहेको, प्रदेश औद्योगिक व्यवसाय विधेयक संसोधनको क्रममा रहेको, स्टार्टअपलाई व्याज अनुदान सहयोग उपलब्ध गराउने कार्यविधि २०८१ स्वीकृतिको क्रममा रहेको मन्त्री हाङगामले जानकारी दिए । १३ बुंँदामा उपलब्धी सार्वजनिक गरेका मन्त्री हाङगामले कृषिको औद्योगिकीकरण मार्फत आर्थिक उन्नती र रोजगारी सृजना गर्न आधार तयार गरेको दाबी गरे ।

मन्त्री हाङगामले भने ‘कोशी प्रदेशमा कृषिमा आधारित उद्योगहरूको स्थापना गरी कृषिलाई व्यवसायीकरण र औद्योगिकीकरण तर्फ लैजाने प्रयास थालिएको छ ।’ कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले कृषिलाई व्यवसायीकरण गर्नेतर्फ प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।

प्रकाशित: १८ पुस २०८१ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App