२० पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

के पुरानै जिम्मेवारीमा फर्काउला त रास्वपाले मुकुललाई ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै दोस्रो तहका नेताहरूले पहल थालेका छन्। ढकाललाई निष्कासन गरिसकेपछि पार्टी कमजोर भएको निष्कर्षसहित कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका हुन्।  

कोशीका सभापति तिम्सिनाले ढकाललाई जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने निर्णयमा आफूले गरेको हस्ताक्षर फिर्ता लिएको बताएका छन्। उनले पत्रमा एकापसमा भिडेर भन्दा मिलेर पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

मधेशका महामन्त्री यादवले पनि ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराउँदै रास्वपा अहिले सबैभन्दा ठूलो संकटको घडीमा रहेकाले विवेकपूर्ण तरिकाबाट अघि बढ्न आवश्यक रहेको उल्लेख गरेका छन्। कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका तुष त्यागेर संकटको यो घडीमा एकजुट हुन उनको आह्वान थियो।

रास्वपाले संस्थापक महामन्त्री एवं प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा निष्कासन गरेको हो ।

प्रकाशित: १७ पुस २०८१ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App