४ चैत्र २०८१ सोमबार
image/svg+xml ९:५६ पूर्वाह्न
राजनीति

गगन भन्छन्: समस्या समाधानका लागि आउने सामूहिक भावना नै राष्ट्रियता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा भएका समस्या समाधानको लागि आउने सामूहिक भावना नै राष्ट्रियता भएको बताएका छन् । मेलमिलाप दिवसका अवसरमा मङ्गलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

 ‘समस्या हुन्छ, समस्या समाधानका उपाय हुन्छ । त्यो उपायका लागि कांग्रेसले सामूहिकतामा काम गर्छ’, महामन्त्री थापाले भने, ‘त्यही काम गर्दा जे सामूहिक भावना आउँछ त्यो नै राष्ट्रियता हो ।’ 

देशलाई फरक समयमा फरक किसिमका समस्याबाट उठ्नुपर्ने उनले बताए । उनले भने, ‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र तपाईँ हामी बसेको छौँ । यहाँ बस्दा केही समस्या आउँछ, कुनै बेला समस्या के थियो ? हिंसा थियो । कुनै बेला समस्या के थियो ? हाम्रो अधिकार खोसिएको थियो । फरक समयमा फरक समस्या हुन्छन् । कुनै बेला समस्या के थियो, जोरी पारीहरूले हाम्रो अखण्डतामाथि आँखा लगाएका थिए ।’ 

अहिलेको समस्या जनतामा निराशा, उकुसमुकुस र प्रगतिको अतृप्त चाहना रहेको महामन्त्री थापाले बताए । ‘अहिलेको समस्या जनतामा उकुसमुकुस छ, छटपटाहट छ । जनतामा प्रगतिको भोक छ । त्यही भोकको अतृप्तता छ । त्यसलाई हामीले तृप्त पार्नुपर्नेछ,’ महामन्त्री थापाले भने । यो कार्यमा कांग्रेस सामूहिक प्रयास गरिरहेको पनि उनले बताए । 

प्रकाशित: १६ पुस २०८१ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App