२८ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

मंगलाबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको जिकिर गरे। पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

'गरिब जनताको आर्थिक प्रगति गर्नुछ। पछाडि परेका जनतालाई अगाडि ल्याउनु छ। दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरू समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनु छ, सिंगो नेपाललाई,' नेता सिटौलाले भने।

उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेका भए पनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताए। नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेस पार्टीले गरिरहेको उनको दाबी छ। 'अहिले हामी संयुक्त सरकारमा छौं,  ठूला, ठूला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौं। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौं, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ।'

प्रकाशित: १६ पुस २०८१ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App