१८ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनराज भन्छन्- टिम क्याप्टेनसँग असहमत हुँदैमा आत्मघाती गोल गर्नु हुँदैन

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले 'टिम क्याप्टेनसँग असहमत हुँदैमा आत्मघाती गोल गर्न नहुने' बताएका छन्।

सोमबार (आज) महोत्तरी ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न पुगेका गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई 'टिम क्याप्टेन'को रूपमा अर्थ्याउँदै यस्तो बताएका हुन्।

'कांग्रेस एउटा घर हो, घरमूली पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ । आदरणीय पार्टी सभापति हाम्रो टिम क्याप्टेन पनि हो । टिम क्याप्टेनसँग असहमत हुँदैमा आत्मघाती गोल गर्न हुँदैन,' उनले भनेका छन्।

गुरुङ पार्टीको संस्थापनइतर पक्षीय नेता हुन्। उनले पार्टी सभापति देउवासँग असहमत रहेको स्वीकार्दै पार्टी जीवनमा नकारात्मक असर पार्ने काम गर्न नहुने बताएका हुन्।

प्रकाशित: १५ पुस २०८१ १९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App