१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस्: अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

उपत्यका विशेष कमिटीद्वारा आज यहाँ आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरे।

प्रतिनिसभा सदस्य समेत रहनुभएका साहले भने,'नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ।'

प्रकाशित: १४ पुस २०८१ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App