प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै हार्न नजानेका स्वाभिमानी नेपाली भएकाले देशभक्तिको भावना छाड्न नहुने बताएका छन् । शनिवार दशरथ रङ्गशालामा भएको त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘कहिल्यै पनि कुनै पनि शक्तिको अगाडि विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जाने, त्यस देशका स्वाभिमानी नागरिक हौँ हामी,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौँ । हामी शान्ति चाहन्छौँ ।’
प्रकाशित: १३ पुस २०८१ १५:५१ शनिबार