१४ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली भन्छन्: सर्टिफिकेट जागिर खाँदा काम लाग्छ, व्यवहारिक जीवनमा लाग्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित व्यक्ति सभ्य र विनयशील हुनुपर्ने बताएका छन्। शनिवार दशरथ रङ्गशालामा भएको त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘तपाईं हामी बुद्धको देशमा मान्छे हौँ। त्यस कारण हामीमा बुद्धत्व, शान्तिमय प्रवृत्ति ! विद्वान पुर्खाका सन्तान हौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण विद्वता, विद्वताले दिने विनम्रता। त्यसका विनयशीलता हामीमा हुनुपर्छ।’ 

विद्वान मान्छे सर्टिफिकेट हेरेर भन्दा व्यवहारिक जीवनमा देखिनुपर्ने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘म यति पढेको, उति पढेको भनेर, म पढेलेखेको मान्छे भनेर, म विद्वान हुँ क्या भनेर सर्टिफिकेट देखाउनु परेन।’

सर्टिफिकेट जागिर खाने बेला काम लाग्ने भन्दै उनले व्यवहारिक जीवनमा विनयशीलता काम लाग्ने बताए। ‘त्यो त जागिर खाने बेला काम लाग्ने चिज हो सर्टिफिकेट। व्यवहारिक जीवनमा काम लाग्दैन,’ प्रधानमन्त्री ओलीले भने।

सर्टिफिकेट हेरेर गलत व्यवहार कहिल्यै नसच्चिने उनले बताए।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन्।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन्।

प्रकाशित: १३ पुस २०८१ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App