रवि लामिछानेको बयान सोमबार (आज) भएन ।
सोमबार छविराज जोशीको बयान लिइएको थियो, त्यही पनि सकिएन । जोशीको सकिएपछि रवि लामिछानेसहित अरुको लिइने जिल्ला अदालत, कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
'बयान सुरुचाहिँ भएको छ । आज छविराज जोशीसँग बयान लिने काम भयो तर, सकिएन,' अधिकारीले भने, 'छविको सकेपछि मात्रै अन्य प्रतिवादीको बयान लिइन्छ ।'
अधिकारीका अनुसार लामिछानेको बयान भोलि हुन सक्छ । 'उहाँको बयान भोलि हुनसक्छ । तर, अरु पनि धेरै हुनुहुन्छ,' उनले भने ।
बयानका लागि सोमबार छविराज जोशीसँगै रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।
प्रकाशित: ८ पुस २०८१ १९:५७ सोमबार