मंगलबार (आज) तीन वटा संसदीय समितिको बैठक डाकिएको छ। जसअन्तर्गत, बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। यस बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिनेछ।
त्यस्तै, बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ, जसमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या र समाधानका उपायहरू बारे छलफल हुने बताइएको छ।
अर्कोतर्फ, बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जहाँ सुरक्षित कारोबार ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
प्रकाशित: २ पुस २०८१ ०९:०५ मंगलबार