प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बसिरहेको छ ।
नेताहरूको कार्य विभाजनको प्रमुख एजेण्डासहित एकीकृत समाजवादीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ । बैठकमा अहिले भने कार्ययोजनाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले प्रस्ताव गरेको आधारमा बैठकले नेताहरूको कार्य विभाजन गर्नेछ । जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुखका लागि अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रस्ताव तयार पारेको छ ।
दसौँ राष्ट्रिय महाधिवेशन गत असारमा भएपनि एकीकृत समाजवादीले कार्यविभाजन भने गरेको छैन ।
बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् ।
प्रकाशित: २८ मंसिर २०८१ १३:५४ शुक्रबार