सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णीम वाग्लेलगायतका नेतालाई लिखित जवाफ माग्ने आदेश गरेको छ।
न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार विपक्षीहरूलाई लिखित जवाफ माग्ने आदेश गरेको हो। सर्वोच्चले लिखित आदेश भने जारी गरिसकेको छैन।
रास्वपाका नेताहरुले अदालतको अवहेलना हुने बोलेको भन्दै सर्वोच्च अदालतमा अधिवक्ता अनुपम भट्टराईले अवहेलना मुद्दा दर्ता गरेका थिए । मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ । विधायकहरूले नै अदालत र न्यायाधीशको विषयमा अनर्गल प्रचार गरेकाले अदालतको अवहेलना भएको निवेदकको दाबी छ।
रास्वपाका केन्द्रीय पदाधिकारीहरूले आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन दर्ता भएको हो।
प्रकाशित: २५ मंसिर २०८१ १७:५३ मंगलबार