नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्य मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य डा. जीवन राना छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार, मनोनित हुनेमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की) र खलिल खाँ (बाँके) रहेका छन् ।
यस्तै रुपन्देहीकी रूपा विक, कालिकोटकी सुशीला बम, बाराका यादवकृष्ण चौधरी तथा कञ्चनपुरका हरि अधिकारी र भागिरथि विष्टलाई पनि सभापति देउवाले विभागको सदस्यमा मनोनयन गरेका छन् ।
प्रकाशित: २३ मंसिर २०८१ १४:४१ आइतबार