१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

निलोबाट रातो क्रान्तिमा जाने रास्वपाको चेतावनी

राष्टिय स्वतन्त्र पार्टीका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन्। पार्टीको भक्तपुर जिल्लाको प्रथम जिल्ला भेलाको विषयमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले रातो क्रान्तिको विकल्प नभएको बताएका हुन्। 

रास्वपाका यूवा नेता एवं पार्टीका भक्तपुर जिल्ला सभापति साजन विकेले आफूहरुको निलो क्रान्तिलाई सरकारले पेल्न थालेकाले बाध्य भएर रातो क्रान्ति गर्नु पर्ने बताए।

उनले जिल्ला भेला सुद्ध भेला मात्रै होइन, आन्दोलन भएको बताए। उनले भेला शक्ति प्रदर्शन पनि रहेको पनि उनले सुनाए।  भक्तपुरका प्रत्येक वडाहरुबाट जनता स्वस्फुर्त भेलामा सहभागी हुने उनले दाबी गरे।  

प्रकाशित: २० मंसिर २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App