१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा गाउँपालिका उपाध्यक्षमा एमाले र ४ वडा अध्यक्षमा कांग्रेस विजयी

नेपाली कांग्रेसले १ स्थान थप जित्दा माओवादी केन्द्रले गुमायो

सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। यस अघि २०७९ मा उपनिर्वाचन भएका मध्य ३ मा नेपाली कांग्रेस र एक, एक मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जितेका थिए। नेपाली कांग्रेसले गाउँपालिका उपाध्यक्ष गुमाए पनि गत निर्वाचन भन्दा थप दुई वडा अध्यक्षमा जितेको छ। भने नेकपा माओवादी केन्द्रले भने यो उपनिर्वाचनमा आफ्नो स्थान गुमाउन पुगेको छ।

बाजुरामा गाउँपालिका उपाध्यक्षमा एमाले विजयी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन्। यस अघि नेपाली कांग्रेसले जितेको स्थान खोसेर नेकपा एमालेले जित हात पार्न सफल भएको हो। सुलोचनाले एक हजार ७ सय ४० मत प्राप्त गरेर जितेकी हुन।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५सय ५३ पाएकी छन्। ७ हजार ४६० मतदाता रहेकोमा३ हजार ९सय ३ मत खसेको थियो।

२०७९ को स्थानीय तहको निर्वाचनमा बुढा१ सय७३ मतले पराजित भएकी थिइन्। कांग्रेसबाट विजयी मैनादेवी जैसीको निधन भएकोले उपनिर्वाचन भएको हो।

बझाङमा वडा अध्यक्षमा कांग्रेस विजयी

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन्। यस अघि एमालेले जितेको स्थान खोस्दै वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो।

पुजाराले ६ सय ५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत पाएका छन्। यस अघि वडा अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए।

१ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा एक हजार १ सय ७८ मत खसेको थियो। वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।

डोटीमा  वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन्। थापाले ४ सय ६८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्काले ३१ मत र नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन्।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस बाट वडा अध्यक्ष जितेका पुष्पराज जोशी २०७९ मंसिरमा मृत्यु हुँदा उपनिर्वाचन भएको हो।

दार्चुलामा  वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी

दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसले माओवादी बाट खोस्दै वडा अध्यक्षमा जितेको छ । नेपाली कांग्रेसका धनसिंह कुँवर ३ सय ७६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन। उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रका विरसिंह कार्कीले ९८ मत प्राप्त गरेका छन्। ०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका वडा अध्यक्ष मनोरथ भट्टको २०८० असार महिनामा मृत्यु हुँदा उपनिर्वाचन भएको हो।

कञ्चनपुरमा वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी

भीमदत्त नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। उनले १ हजार १ सय ७ मत पाए । भने नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत पाए। २०७९ सालमा नेपाली कांग्रेस बाट वडा अध्यक्ष जितेका महेन्द्र खड्का मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App