निर्वाचन आयोगले जारी उपनिर्वाचनमा करिब २५ प्रतिशत मत खसेको जनाएको छ । बिहान ११ बजेसम्म मुलुकभका विभिन्न स्थानमा भइरहेको मतदानमा २५ प्रतिशत मत खसिसकेको जनाएको हो।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको जानकारी दिइन्। केही ठाउँबाट विवरण अपडेट हुन बाँकी रहेकाले यो तथ्यांक अझ बढी हुन सकने अर्यालले बताइन्।
स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म हुने छ।
प्रकाशित: १६ मंसिर २०८१ १२:१२ आइतबार





