८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चन्दको दाबी: ओली सरकार एकै रातमा ढल्न सक्छ

क्याप्शन

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान एकै रातमा ढल्न सक्ने दाबी गरेका छन् । नेकपा पुनर्गठनको वार्षिकोत्सवका अवसरमा नेकपाले शनिवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो दाबी गरेका हुन् । 

‘हिजो प्रचण्ड कमरेडले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो,’ चन्दले भने,‘आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ ।’ 

नेपालमा वर्षैपिच्छे सरकार बनेका र ढलेका उदाहरण रहेको बताउँदै चन्दले ओली सरकार धेरै दिन नटिक्ने दाबी गरे । उनले भने, ‘वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् ।’ यस्तो पाराले देशको विकास कहिले हुन्छ ? भन्दै उनले प्रश्न गरे । 

प्रकाशित: ८ मंसिर २०८१ १६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App