२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन्।

लमजुङमा उद्धार गरी ल्याइएको चितुवा खोर फोडेर फुत्कियो, वनरक्षक घाइते

लमजुङमा उद्धार गरेर डिभिजन वन कार्यालय परिसरमा ल्याइएको घाइते चितुवा खोर फोडेर फुत्किएको छ। नियन्त्रणमा लिने क्रममा चितुवाको आक्रमणबाट ५७ वर्षीय वनरक्षक बुद्धिजङ्ग गुरुङ घाइते भएका छन्।

आमाले माया मारिसकेका रमेश मृत्युको सुरुङबाट फर्कए: परिवार दंग, गाउँ नै चकित

रमेश फर्किन्छन् भन्ने आशा परिवारले लगभग मारिसकेको थियो। घरमा आँसु थियो, प्रतीक्षा थियो, तर खबर थिएन। मृत्युकै खबर आउने हो कि भन्ने भयले परिवारलाई थिचिरहेको थियो।

वन्यजन्तुले सीमा चिन्दैनन्, अपराधविरुद्ध क्षेत्रीय सहकार्य अनिवार्य: मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको अवैध दोहन गर्ने अन्तरदेशीय आपराधिक सञ्जालविरुद्ध दक्षिण एसियाली मुलुकहरूबीच प्रभावकारी क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएकी छन्।

मुस्ताङ भूकम्प: ३० भन्दा बढी घर क्षतिग्रस्त, सयौं घर जोखिममा

भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।

२० वटा झोलुङ्गे पुल एक महिनाभित्र सञ्चालनमा ल्याइने

२० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिन भित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तहमा कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन्।

उद्योगमन्त्रीमा दीपक साह नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विद्यालयको खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग

उनी अध्ययनरत विद्यालय नेपालगन्जस्थित सिद्धार्थ विद्या सदनले पनि बाढी पीडितका लागि सहयोग अभियान चलायो।

अगस्टमा विश्वकै उच्च तापक्रम

कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६ दशमलव ९६ डिग्री सेल्सियस पुगेको थियो।

जेनजी आन्दोलन: उदयपुरका पीडितको प्रश्न- क्षतिपूर्ति कहिले ?

जेनजी विद्रोहका क्रममा तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेका उदयपुरका पीडितले घटना भएको एक वर्ष बितिसक्दा पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

चीनमा कार्गो जहाजमा आग*लागी हुँदा २० जनाको मृ*त्यु

पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

सशस्त्र प्रहरीद्वारा तीन हजार ६०० बढीको स्वास्थ्य उपचार

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्