पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।
पछिल्लो पटक उनले एलबीडब्लुमा दिएको अर्को एक निर्णय पनि डीआरएस प्रविधिले उल्ट्याएपछि गलत निर्णयको संख्या चार पुगेको हो।
योसँगै एउटै खेलमा अम्पायर रहमानले एलबीडब्लुमा दिएका तीनवटा र कट बिहाइन्डमा दिएको एउटा निर्णय रिभ्युमार्फत सच्चिन पुगेको छ।
यसअघि उनले दिएका दुईवटा एलबीडब्लु आउटको निर्णयमा खेलाडीले रिभ्यु लिँदा प्रविधिले ‘नटआउट’ ठहर गरेको थियो।
त्यस्तै, ब्याटर कट बिहाइन्ड हुँदा रहमानले आउट नदिए पनि विपक्षी टोलीको रिभ्युपछि डीआरएसले अन-फिल्ड निर्णय उल्ट्याउँदै ब्याटरलाई ‘आउट’ घोषित गरेको थियो। लगत्तै अर्को एलबीडब्लु निर्णय पनि उल्टिन पुग्यो।
प्रकाशित: ११ कार्तिक २०८३ १९:३१ बुधबार





