सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा हालसम्म कार्यान्वयन भएका सहमतिहरूको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायतको सहभागिता रहेको थियो।
वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग गरेका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाइएको छ। सरकारले सहमति कार्यान्वयनको अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।


प्रकाशित: ११ कार्तिक २०८३ १९:३७ बुधबार





