१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘कानुन निर्माण सुस्त भयो, विधायनका चरणलाई समयमा बाँधौं’

गृहमन्त्री रमेश लेखक कानुन निर्माणमा ढिलासुस्ती भएको भन्दै विधायनको चरणलाई समयमा बाँध्नुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो प्रस्ताव राखेका हुन् ।  

विधेयकका विभिन्न चरण हुने उल्लेख गर्दै गृहमन्त्री लेखकले ती चरणलाई समयको परिधिमा नराखिदा कानुन निर्माण साह्रो ढिलो भइरहेको बताए । ‘हामीले हाउसलाई समयमा बाँधेका छौं । विधेयकको चरणलाई समयमा बाध्नुपर्छ भन्ने मलाई लागेको छ,’ गृहमन्त्री लेखकले भने, ‘विधेयक दर्ता भएपछि यति दिनभित्रै अनुमति माग्नुपर्ने, यति दिन भित्र सैद्धान्तिक छलफल हुनुपर्ने, यतिदिन भित्र समितिमा पठाइसक्नुपर्ने र यति दिनभित्र समितिबाट प्रतिवेदन साथ संसदमा आइसक्नुपर्ने भनेर समय तोकाैं ।’ यदि तत्तत् दिनमा विधेयक आएन भने मुल रूपमै विधेयक अगाडि बढ्ने व्यवस्था गर्न उनको प्रस्ताव छ । ‘यसका लागि संविधान संशोधन गर्नु परेन । प्रतिनिधिसभा नियमावली संशोधन गरिदिए पुग्छ’, उनले अगाडि भने ।  

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संशोधन गर्ने समिति बनाएर विधायनको चरणलाई समयबद्ध गर्न गृहमन्त्री लेखकको आग्रह छ । ‘यो गरिएन भने हामी जवाफ दिन गाह्रो हुने ठाउँमा पुग्छौं । यो नगरिनहुने भएको छ,’ उनले भने, ‘यसमा निर्णय गर्ने कुरा सम्मानित सदनको हो । मैले मेरो राय प्रस्तावकै रुपमा राखेँ ।’

प्रकाशित: ३० कार्तिक २०८१ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App