पहलगाम आक्रमणमा एक नेपालीसहित २८ जनालाई हत्या गरेको घटनामा सुरुमा जिम्मेवारी लिएको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले चार दिनपछि आफ्नो संलग्नता अस्वीकार गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनले यस घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको हो।
उसले यसअघि आफ्नो डिजिटल प्लेटफर्म ह्याक भएको भनेको छ। भारतीय गुप्तचर रअले जिम्मेवारी लिएको दाबीसहितको बयान जारी गरेको संगठनको आरोप छ। जारी बयानमा सन् २००० मा छत्तीसिङपुरा, सन् २००१ संसद र सन् २०१९ पुलवामामा भएको आक्रमणमा भारतको हात रहेको आरोप लगाएका छन्।
टीआरएफ लामो समयदेखि कश्मीरको स्वतन्त्रताका लागि वैचारिक जिहाद लडिरहेको छ। स्वतन्त्रताका पक्षमा भए पनि हिंसाको पक्षमा नभएको उल्लेख गरेको छ। चार दिनपछि फेरिएको बयानलाई भारतले आफ्नो दबाबका कारण आएको भनेको छ।

यसबीच पाकिस्तानले भारतसँग यस घटनामा जोडिएको कुनै पनि अनुसन्धानमा सघाउन तयार रहेको बयान दिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अनुसन्धानमा सघाउन तयार भएको बताएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: १३ वैशाख २०८२ १३:०७ शनिबार





