गृह जिल्ला डडेलधुरामा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो जन्म गाउँ रुवा खोला पुगेका छन् । शुक्रबार रुवा खोला पुगेर केही तस्बिर सार्वजनिक गरेका छन् । जहाँ देउताको मन्दिर छेउमा रहेको पिपल चौतारीमा बसेका देखिन्छन् । कुल देवताको पूजाका सिलसिलामा देउवा जन्म गाउँ पुगेका हुन् ।
देउवाको जन्म गाउँ रुवा खोला डडेलधुराको साबिकको असिग्राम गाविस–५ मा हो । जुन अहिले गन्यापधुरा गाउँपालिकामा पर्दछ ।
यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।
तस्बिरहरू: देउवाको फेसबुकबाट साभार
प्रकाशित: ३० कार्तिक २०८१ १५:२७ शुक्रबार