१९ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बामदेवको प्रस्ताव : नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

बुधबार  राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उन यस्तो कुरा बताएका हुन। उनले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सिमानामा पर्खाल लगाउनुपर्ने धारणा राखे। उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर काम गरिरहेका आरोप लगाए। उनले खुला सिमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय सभा सदस्य गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताए। खुला सिमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने उनको धारणा छ। 

प्रकाशित: १४ कार्तिक २०८१ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App