१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपा प्रदर्शनप्रति सत्तारूढ दलको असन्तुष्टि: विधिको शासन विपरीत गतिविधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउपछि उनको पार्टीले गरिरहेको विरोध प्रदर्शनप्रति सत्तारूढ दलले एकमुस्ट असन्तुष्टि जनाएका छन् । शुक्रवार बसेको सत्तारूढ दलको बैठकले एक विज्ञप्तिमार्फत ७ बुँदे साझा धारणा सार्वजनिक गर्दै यस्तो असन्तुष्टि जनाउँदै रास्वपाको प्रदर्शनलाई विधिको शासन विपरीतको गतिविधि भनेर टिप्पणी गरेका हुन् । 

साझा धारणाको बुँदा नम्बर ४ मा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबारे उल्लेख छ ।  सोही बुँदामा छानबिन समितिको प्रतिवेदनका  आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको उल्लेख गरिएको छ । 

‘निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चितताको लागि अनुसन्धान, अभियोजन र न्याय निरूपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ,’ उक्त बुँदामा भनिएको छ, ‘तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरू सुरु भएका छन् । भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरू लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।’ 

 सहकारी सम्बन्धी  संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्ने पनि उक्त बुँदामा उल्लेख छ । 

यो साझा दृष्टिकोणमा रवि पक्राउ पर्दा सहयोग गरेका जनमत पार्टीका अध्यक्ष सिके राउतको समेत हस्ताक्षर छ । 

प्रकाशित: ९ कार्तिक २०८१ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App