९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भूमिका महत्वपूर्णः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

बुधबार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ।एम। सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताए। उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताए।

खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे। उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताए। 

प्रकाशित: ९ आश्विन २०८१ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App