१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले पाँचथर विष्फोटमा घाइते दुबै बालकको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ।

सोमवार बसेको मन्त्रीपरिषद बैठकले युद्धकालको बेवारिसे बम विष्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ।

डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो।

सरकारले मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ।

प्रकाशित: २५ भाद्र २०८१ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App