१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मैले मन्त्रालय बुझें, अब दृढताका साथ काम गर्छु: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो नीति बनाउने दृढताका साथ आफू अघि बढेको बताएका छन्। 

नेपाल पर्यटन बोर्डले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मन्त्रालयले ‘नीति बनाउने जाँगर देखाएन’ भनेर सुन्न नपर्ने गरी काम गर्ने आश्वासन दिए।

आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राम्रोसँग बुझेको उल्लेख गर्दै अब राम्रो नीति बनाउने कुरामा केन्द्रित हुने भनाइ राखे।

मन्त्री पाण्डेले नीतिगत निर्णय लिनका लागि आफूले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतसँग छलफल गर्ने कुरालाई पनि तीव्रता दिएको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘राम्रो नीति बनाउने दिशामा म सम्पूर्ण प्रयत्न गर्नेछु। आज पनि हाम्रो ४/५ वटा प्रस्ताव मन्त्रीपरिषद्‌मा पेश हुँदै छ। मैले आजै अर्थमन्त्रीसँग पनि कुरा गरेको छु टेलिफोनमा कुनै एउटा प्रस्तावको बारेमा। प्रधानमन्त्रीसँग पनि मैले कुरा गरेको छु। मुख्य सचिवसँग पनि मैले आजै कुरा गरेको छु। त्यसैले त्यो तदारुकता र दृढताका साथ अगाडि बढ्ने कुरामा म बचनबद्धता व्यक्त गर्न चाहन्छु।’

मन्त्री पाण्डेले मन्त्रालयको कामलाई सक्रियताका साथ अघि बढाउने दाबी गरे।

प्रकाशित: २४ भाद्र २०८१ २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App