१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दलहरूको बैठक बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको बताइएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक पनि समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्छ।

सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि आइतवार पनि प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे छलफल भएको थियो।

प्रकाशित: २४ भाद्र २०८१ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App