१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला पौडेल सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछिन्।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी उनले नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। 

प्रकाशित: २४ भाद्र २०८१ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App