१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीले भन्योः जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन भयो

नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं उपत्यकाका नदी किनाराको थप २० मिटर जमीन खाली गराउने सर्वोच्च अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ।

पार्टी जनताको पक्षमा उभिने र त्यसका लागि दबाबमुलक कार्यक्रम गर्ने निष्कर्ष निकालेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

सबै किसिममा संवाद गर्दै दबाबमुलक कार्यक्रम गर्न पहल गर्ने निर्णय भएको उल्लेख गर्दै उपाध्यक्ष खतिवडाले पीडित जनतासँग तत्काल अन्तरकृया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टी मातहतका कमिटिहरुलाई निर्देशन दिइएको जानकारी दिए।  

एकीकृत समाजवादीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सोमबार एक अन्तरकृया गर्ने तय भएको उपाध्यक्ष खतिवडाले जानकारी दिए।

प्रकाशित: २३ भाद्र २०८१ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App