३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

सञ्जालको रंगिन संसार: हिंसाको निशानामा बालिका

बालबालिकामा जागरूकता अभियान

यौन दुर्व्यवहार रोक्न सचेतनामूलक कार्यक्रम गरिर्दैं। तस्बिर: नागरिक

उनको उमेर १० वर्ष पुग्यो। उनी विराटनगरको इक्राईमा बस्छिन्। उनी कक्षा ६ मा पढ्छिन्। उनको पारिवारिक अवस्था कमजोर छ। आमाले चिया पसल गर्छिन्। बुबा धेरै रक्सी पिउँछन्।

ती बालिकालाई आफ्नै बुवाले पोर्न भिडियो देखाउँछन्। उनका बुबाले भिडियो हेर्न र स्कुल नजान उत्प्रेरित गर्छन्। उनका बुवाले आमालाई मानसिक तनाव, अश्लील भिडियो र साइट देखाएर यातना दिन्छन्।

आफ्नी छोरीलाई मात्र होइन। बालिकाका बाबुले आमालाई समेत यौन दुर्व्यवहार गर्छन्। अहिले उनका बाबुलाई आमाले वैवाहिक बलात्कारको मुद्दा दायर गरेर कानुनी कारबाही भइरहेको छ। अहिले बालिका नियमित विद्यालय जान थालेकी छन्।

यसैगरी, उनको उमेर १४ वर्ष पुग्यो। उनी इटहरी वडा नं. ४ आइताबारेमा बस्छिन्। उनी स्थानीय विद्यालय कक्षा १० मा पढ्छिन्। उनको पनि पारिवारिक अवस्था कमजोर छ। जसले गर्दा उनको आमा घर सफा गर्ने काम गर्ने गर्छिन्। बाबु पनि ज्याला मजदुरीको काममा व्यस्त हुन्छन्।

बाबुआमा नभएको बेला ती बालिका फोनमा मात्र झुम्मिने गर्थिन। उनी सामान्यतया फेसबुकमा अपरिचित व्यक्तिसँग कुरा गर्थिन्। फेसबुकमार्फत नै उनी गाढा प्रेममा परिन्।

यही सिलसिलामा उनको साथीले होटलको कोठामा बोलाए। उनी भेट्न गइन्। ती युवाले बालिकासँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरे। ती युवाको प्रस्तावमा बालिका राजी भइन्।

तीन महिनापछि बालिका गर्भवती भइन्। उनको समस्या बाहिर आयो। सामाजिक कारणले गर्दा आफ्नो छोरीको समस्या अरूसँग बाँड्न सक्दिन थिइन्। त्यसपछि उनी श्रमिक महिला साझा मञ्च नेपालको सम्पर्कमा पुगिन्। श्रमिक महिला साझा मञ्च नेपालले कोशी अस्पताल विराटनगरसँगको समन्वयमा नाबालिग भएकाले गर्भपतन गरायो। अहिले ती बालिका भ्वाइस अफ चिल्ड्रेनको सम्पर्क छिन्।

एकपछि अर्को घटना हुने क्रममा विराटनगर

बुद्धचोककी १६ वर्षे बालिका कक्षा ११ मा पढ्छिन्। उनका बुवा विदेशमा छन् भने आमा गृहिणी हुन्। ती बालिका पनि साथीभाइको लहैलहैमा लागेर प्रेम गर्छिन्। उनको प्रेमी स्वास्थ्य सहायक थिए।

उनको प्रेमीले उनीसँग यौन सम्बन्ध राख्ने उद्देश्य राख्छन्। उनले तुरुन्तै उनको उद्देश्य अस्वीकार गरिन्। त्यसपछि प्रेमीले उनलाई सामाजिक सञ्जालबाट अश्लील शब्दहरू प्रयोग गरे, धम्की दिए। लामो समयसम्म दुर्व्यवहार गरे त्यसपछि उनी चिन्तित भइन् र नियमित रूपमा अध्ययन गर्न सकिनन्। उनले आमालाई समेत आफ्नो केस कसैलाई सेयर गर्न सकिनन्। त्यसपछि अन्ततः उनले आफ्ना प्रेमीलाई भेट्ने निर्णय गरिन्।

जब उनी एक्लै भेट्न गइन्, उसले जबरजस्ती गर्न खोज्यो। उनी चर्को स्वरले चिच्याइन्, त्यसपछि छिमेकी आएर उद्धार गरे। उनीहरूले प्रहरीलाई बोलाए र उनलाई पक्राउ गरे, अहिले उनी प्रहरी हिरासतमा छन्।

पछिल्लो समय फेसबुक, म्यासेन्जर, टिकटक, युटयुब, भाइवर, ह्वाटसअप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको छ। अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारमा बालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकासमा असर पुग्ने गरेको छ।

भ्वाइस अफ चिल्ड्रेनले अनलाइनमार्फत हुने यौन दुर्व्यवहार रोक्ने सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। भ्वाइस अफ चिल्ड्रेनको रेकर्ड अनुसार सन् २०२२ यता सुनसरी र मोरङमा ७२ वटा घटना अनलाइनमार्फत यौन हिंसाका घटना भएका छन्।

यी घटनामा संलग्न दोषीलाई कारबाही गर्न र पीडितलाई संरक्षण भ्वाइस अफ चिल्ड्रेनले गर्दै आएको कार्यक्रम संयोजक लिला भुजेलले बताइन्। उनका अनुसार अनलाइनमार्फत बालिकालाई जर्वरजस्ती करणी, बेचबिखन र मानसिक तनाव सिर्जना गर्ने गरेका पाइएको छ।

यसरी निरन्तर रुपमा अनलाइनमार्फत विशेष गरी पुरुषबाट हुने यौन हिंसा रोक्नका लागि भ्वाइस अफ चिल्ड्रेनले सुनसरी र मोरङका विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ।

पहिलो चरणमा इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा सचेतना कार्यक्रम सकिएको छ। यस्तै, २५ वटा बालअधिकार समिति, ३३ वटा रेडियो स्रोत क्लब र २७ वटा बाल क्लब गठन गरि यौन दुर्व्यवहारबाट बच्ने कार्यक्रम गर्दै आएको संयोजक भुजेलले बताइन्।

प्रकाशित: २१ भाद्र २०८१ १६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App