३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादीले भ्रम सिर्जना गर्दैछ: सांसद महत

नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन्।

बुधबार विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौति विषयका गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाए। उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए।

उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताए।

उनले भने, ‘एउटा मुद्दा सात बुँदे सहमतिमा संविधानको संशोधनको कुरा पनि उल्लेख गरेका छौँ। कतिपयले, खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेका छौ, समावेशीतालाई कमजोर गर्न गरिरहेका छौ भनेर गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोशिस भएको छ। यो कदापी होइन। समावेशितामा कुनै कम्प्रमाइज हुँदैन। कुनै सम्झौता हुँदैन। निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ। त्यो हाम्रो लक्ष्य हो तर समावेशितामा सम्झौता हुँदैन। प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ। यहाँ महिला—महिलाको बीचमा, दलित—दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ। यसरी हामी एउटै दलको बहुमत आउनसक्ने परिस्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ।’

प्रकाशित: १९ भाद्र २०८१ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App